जनयुद्धमा बाँचेका योद्धा, घाइते र अपाङ्गहरूको नेतृत्त्व गर्दै

हरि अधिकारी
२०५८ साल माघ १ गते । माओवादी नेताको टाउकोको मूल्य तोकेर संकटकाल लगाएको सरकार र तत्कालीन विद्रोही माओवादीबीच द्वन्द्व चर्किएको थियो । सरकारले माओवादी कार्यकर्तालाई जहाँ भेट्यो त्यहीँ गोली प्रहार गर्थ्यो । राज्यव्यवस्था परिवर्तन गर्न माओवादीले पनि सेना प्रहरीलाई आक्रमण गर्ने नीति लिएको थियो । सरकार र माओवादीबीच एक दशक द्वन्द्व चर्कियो । अन्ततः बलिदानीपूर्ण संघर्षको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो ।

गाेपेटार ब्यारेक आक्रमणमा घाइते

वि.सं. २०५८ माघ १० गते संकटकाल लागेपछि माओवादीले पूर्व क्षेत्रमा उपस्थिति जनाउन पाँचथरको गोपेटार ब्यारेक आक्रमणको तयारी गर्यो । आक्रमणको मिति माघ १० गते तोकिएको थियो । सोहीअनुसार तयारी थियो । युद्ध लड्ने माओवादी सेना अग्रिम तयारी गरिरहेका थिए । तर, एकाएक केन्द्रबाट माघ १ गते आक्रमण गर्ने निर्देशन आयो । गाेपेटार आक्रमणका लागि पूर्वी जिल्लाबाट सेनाको टोली बोलाइयो । मोरङ–सुनसरीबाट माओवादी सेना लिएर पाँचथर जिल्लाको गोपेटार पुग्ने कमाण्डर थिए ‘राम कार्की ‘बिमल’ ।

पुरा पढ्न तलको लिङ्क खोल्नुहोस

जनयुद्धका जिउँदा शहिदको संघर्षका गाथा