घाइते योद्धा प्रतिष्ठानको उद्देश्य प्राप्त गर्न निम्न अनुसारका कार्यहरु गरिने छ ।
क) घाइते तथा घाइते परिवार र शसस्त्र द्धन्द्धमा घाइते अपाङ्गता भएका व्यक्ति समेतलाई आवश्यकता अनुसार अवसरको खोजी गरी रोजगार तथा स्वरोजगार हुन सक्ने कार्यक्रम संचालन गर्ने ।
ख) घाइते अपाङ्ग योद्धाहरुको योगदानलाइ सम्मान एवं स्मरण गर्ने गराउने खालका सामाजिक तथा सांस्कृतिक कार्यहरु गर्नका लागि स्मारक लगाएतका निर्माण कार्य, प्रकाशन तथा श्रब्य–दृश्य सम्बन्धी कार्यहरु गर्ने गराउने ।
ग) चेतना मुलक कार्यक्रम, प्रशिक्षण, तालिम, अन्तरक्रिया,गोष्ठी आदी सञ्चालन गर्ने गराउने ।
घ) प्रतिष्ठानको उद्देश्य प्राप्तीका लागि पुस्तक, पत्रपत्रिका प्रकाशन एवं श्रब्य– दृश्य सामग्री आदी उत्पादन वितरण प्रशारण गर्ने गराउने ।
ङ) प्रतिष्ठानलाई आवश्यक पर्ने जग्गा तथा भवन खरिद गर्ने ,दाताबाट जग्गा भवन प्राप्त भएमा प्रतिष्ठानको नाममा लिने, भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन, फ्याक्स जस्ता कार्यलय–सामान तथा सवारी साधन खरिद गर्ने छ वा भाडामा लिने छ ।
च) प्रतिष्ठानको मूल उद्देश्यहरु पुरा गर्नका लागि आवधिक रणनितिक योजना निर्माण गरि कार्यान्वयन गर्ने, गराउने छ ।