मूल उद्देश्यहरु प्रचलित कानुनको अधिनमा रहि कार्य गर्ने गरी निम्न अनुसार रहेका छन् ।
क) देशमा स्थाइ शान्ति ल्याउनका लागी द्धन्द्ध पिडितहरुलाई उचित पुनस्र्थापना गराउन विभिन्न सरकारी गैरसरकारी संघ सस्था संग मिलेर पुनस्र्थापना कार्यक्रम चलाउने ।
ख) द्धन्द्धप्रभावित तथा घाइते अपाङ्गतायोद्धाहरु तथा अन्यकारणले अपाङ्गता भएका व्यक्तिहरुको ब्यत्तित्व विकासमा जोड दिदै उनिहरुको आत्मास्वाभिमान र स्तरयूक्त जीवनयापन गर्न आर्थिक, सामाजिक, सांस्कृतिक सशक्तिकरण सहित गरिबी निवारण गर्न आत्म निर्भरहुने ,रोजगार ,स्वरोजगार हुन सहयोग पुग्ने कार्यक्रम संचालन गर्न पहल गर्ने ।
ग) पुनस्र्थापनाको लागी सवै खाले अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न खालें सिपमुलक तालिम संचालन गर्ने ।
घ) समाज र राष्ट्र (देश) प्रति उत्तर दायी बनाउन विभिन्न तालिम , गोष्ठी र प्रशिक्षणको ब्यवस्था गर्ने ।
ङ) सरकारी तथा गैरसरकारी संघ प्रतिष्ठानको सहयोगमा आफन्तजन नभएका स्याहार सुसार गर्नुपर्ने अवस्थाका नियमित औषधि उपचार गर्नुपर्ने ,फिजियो थेरापि गर्नुपर्ने घाइते अपाङ्गतायोद्धा लाई आवास सहितको पुर्नस्थापना गृह संचालन गर्न पहल गर्ने ।
च) द्धन्द्धको दिगो समाधानका लागी विष्फोटक पदार्थ र बारुदी सुरुङ्गले पुर्याउने क्षति र भोग्नुपर्ने पिडाको विषयमा समाजमा जनचेतना जगाउने कार्यक्रम संचालन गर्ने ।
छ) द्धन्द्ध पिडित घाइते अपाङ्गता योद्धा तथा सहिद,बेपत्ता,कैदिबन्दी,जेल हिरासत भोग्नेहरुको विस्तृत लगत संकलन गर्ने , बृत चित्र निर्माण गर्ने र जीवनी प्रकासन गर्ने ।
ज) राज्यको नीति निर्माण गर्ने, गराउने सबै तहमा द्धन्द्धप्रभावितहरुको समावेशीकरण तथा सहज पहुँच पु¥याउने र मानव अधिकारको उपभोग सहित समाजमा सम्मानजनक रुपमा बाँच्न पाउने वातावरणको सृजना गर्न सचेतना जगाउने ।
झ) प्रतिष्ठानको गतिविधिहरुको मुखपत्र प्रकासन गर्ने तथा वेभसाइट संचालन गर्ने ।