घाइते योद्धा प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भइ प्रदेश नं.१ का १४ जिल्लालाइ आफ्नो कार्यक्षेत्र वनाएर काम गरीरहेको छ भने भविश्यमा ७ वटै प्रदेशमा कार्यक्षेत्र वनाएर काम गर्ने सोच रहेको छ । नेपालमा राजनैतिक परिवर्तनका लागि पटक पटक स–शस्त्र संघर्ष तथा जनआन्दोलन भएता पनि नेपालमा गणतन्त्र प्राप्ती हुन सकेको थिएन र तत्कालिन नेपाल कम्युनिट पार्टी (माओवादी) ले वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडन र सबैखाले विभेदहरु विरुद्ध २०५२ साल फागुन १ गतेबाट १० वर्षे महानजनयुद्ध सञ्चालन गरेको जगजाहेरै छ । जनयुद्धको राजनैतिक प्रक्रियाकै राप, ताप र चापमा आज मुलुकमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताजस्ता अग्रगामी राजनैतिक मुद्धाहरु स्थापित भएको छ । यही महान जनयुद्धको प्रक्रियामा घाइते हुनुभएका वीरवीरङ्गनाहरुको त्याग, वीरता र योगदानलाई संस्थागत गर्न, उनीहरुको हकहित र अधिकारलाई स्थापित गर्न, साथै दिनानुदिन बिग्रंदै गइरहेको उनीहरुको स्वस्थ्य अवस्था अनि अभाव र गरिवीले झेली रहेका पारिवारिक स्थिति सुधार गर्न तीन तहकै सरकार तथा सम्बन्धित क्षेत्रमा पहल गर्ने । यही सन्दर्भमा बहस पैरवी गर्न साथै महानजनयुद्धको गौरवपूर्ण इतिहासलाई संस्थागत र संरक्षण गर्ने उद्देश्य लिएर यो घाइते योद्धा प्रतिष्ठान २०७५ साल जेष्ठ १४ गते स्थापना भएको हो । यस प्रतिष्ठानले जनयुद्धको राजनैतिक प्रक्रियामा भएका भिषण मोर्चाहरुमा घाइते हुनुभएका वीरवीरङ्गनाहरुको जीवन भोगाइका गौरवपूर्ण इतिहास र सङ्घर्षशील गाथाहरुलाइ प्रतिष्ठानले उनीहरुको गौरव र बलिदानिपूर्ण इतिहासलाई न्याय र समानता चाहने देश विदेशमा रहेका जनसमुदायको बीचमा पु¥याउने । साथै घाइते योद्धा प्रतिष्ठान को परिकल्पनाः भेदभाव रहित, शोषण रहित, समतामुलक,पुर्ण समावेशी,लैङ्गिक न्याय र पहिचान सहितको दिगो शान्तिपुर्ण समाज निर्माण गर्ने रहेको छ ।